Thursday, August 27, 2026

रसुवा बाढी: नेपाली सेना र निजी हेलिकप्टरमार्फत ११४ जनाको उद्धार

Advertisement
Advertisement Advertisement

बारा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात भीषण बाढी आएपछि प्रभावित क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि व्यापक हवाई अपरेसन सञ्चालन गरिएको छ। बाढीलगत्तै खटिएका नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूबाट कुल ११४ जनाको सफल हवाई उद्धार गरिएको छ। नदीमा जलसतह तीव्र गतिमा बढेपछि जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थान तथा अस्पतालसम्म पुर्‍याउन बिहानैदेखि उद्धार उडान सुरु गरिएको थियो।

उद्धार कार्यमा नेपाली सेनाले निर्वाह गर्दै विभिन्न क्षेत्रबाट ८५ जनाको सकुशल उद्धार गरेको छ। सेनाको हेलिकप्टरले रसुवाको टिमुरेबाट धुन्चेसम्म ६० जना, टिमुरेबाट त्रिशूलीसम्म १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँसम्म ३ जनालाई स्थानान्तरण गरेको छ। सेनाको निरन्तरको उडानले विकट र जोखिमपूर्ण क्षेत्रमा अड्किएका मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन ठूलो राहत मिलेको छ।

सेनाका साथसाथै निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीहरूले पनि २९ जनाको उद्धार गर्दै हातेमालो गरेका छन्। घाइते तथा आपत्कालीन अवस्थाका बिरामीहरूलाई काठमाडौँका विभिन्न अस्पताल पुर्‍याउन निजी हेलिकप्टर प्रयोग गरिएको थियो। कैलाश, फिसटेल र प्रभु हेलिकप्टरले रसुवाबाट महाराजगन्जस्थित टिचिङ अस्पतालमा ५-५ जनाका दरले उद्धार गरेका छन् भने अन्नपूर्ण हेलिले ४ जना, सिम्रिकले ३ जना र एभरेष्ट हेलिकप्टरले २ जनालाई सोही अस्पताल पुर्‍याएका छन्।

त्यसैगरी प्रभु हेलिकप्टरले थप २ जनालाई वीर अस्पताल पुर्‍याएको छ भने सिम्रिक हेलिकप्टरले रसुवाकै अन्य स्थानबाट थप ३ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। सबै निकायको संयुक्त प्रयासका कारण सम्भावित ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर