Thursday, August 27, 2026

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री बालेन

Advertisement
Advertisement Advertisement

बारा, ११ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरको स्थलगत निरीक्षणका लागि सडकमार्ग हुँदै प्रस्थान गरेका छन्।

हिजो रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएपछि सरकारले उद्धार, राहत तथा पुनस्थापना कार्यलाई थप प्रभावकारी बनाउन यो कदम चालेको हो।

बाढी लगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायलाई निरन्तर निर्देशन र सहजीकरण गर्दै आएका प्रधानमन्त्री शाहले आज स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग भेट गरी भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था, वितरण तथा अवरुद्ध पूर्वाधारहरू पुनः सञ्चालनबारे छलफल गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर