Thursday, August 27, 2026

सुवर्ण गाउँपालिकाद्वारा रसुवा बाढीपीडितका लागि ४ लाख १ हजार राहत रकम र ५ दिनको तलब सहयोग

Advertisement
Advertisement Advertisement

बारा, ११ भदौ । बाराको सुवर्ण गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि ४ लाख १ हजार रूपैयाँ आर्थिक सहयोग तथा जनप्रतिनिधि र कर्मचारीहरूको ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको आज बसेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा गाउँपालिकाको उद्धार, राहत तथा पुनर्व्यवस्थापन खर्च शीर्षकबाट उक्त रकम उपलब्ध गराइने भएको हो। साथै, गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरूको ५ दिनको तलब कट्टा गरी सोही कोषमा जम्मा गरिने जानकारी प्रशासकीय अधिकृत आमोद चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

विपद्को यस कठिन घडीमा सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, संघ-संस्था तथा नागरिक समाजलाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापना कार्यमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सुवर्ण गाउँपालिकाले हार्दिक अपिलसमेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर