Friday, August 28, 2026

कलैयामा मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

Advertisement
Advertisement Advertisement

बारा,१२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे कलैयाबाट बघवनतर्फ जादै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका पाण्डेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएकोमा चिकित्सकले राति १०ः५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार पाण्डेको शव बयोधा अस्पतालमै रहेको छ भने दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको छ।

पाण्डे विगत लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रिय थिए। उनी यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी युवा संघमा सक्रिय रहँदै आएका थिए।

उनी बारा क्षेत्र नम्बर ३(ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिवसमेत थिए। पछिल्लो समय भने उनी जनमत पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर