Thursday, September 3, 2026

कलैया उपमहानगरपालिका साक्षर स्थानीय तह घोषणा

Advertisement
Advertisement Advertisement

कलैया, १८ भदौ। कलैया उपमहानगरपालिकालाई साक्षर स्थानीय तह घोषणा गरिएको छ। १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता अवस्था सम्बन्धी तथ्यांक संकलन गर्दा उपमहानगरपालिकामा ९५.८३ प्रतिशत जनसंख्या साक्षर रहेको पाइएको आधारमा कलैयालाई साक्षर स्थानीय तह घोषणा गरिएको हो।

राष्ट्रिय साक्षरता अभियानको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत वा सोभन्दा बढी जनसंख्या साक्षर भएको स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गर्न सकिने व्यवस्था छ। सोही मापदण्ड पूरा गरेपछि कलैया उपमहानगरपालिकालाई साक्षर स्थानीय तह घोषणा गर्न योग्य ठहर गरिएको थियो।

कलैया उपमहानगरपालिका साक्षर घोषणा समितिको निर्णय तथा नगर कार्यपालिकाको २०८३/०४/२७ गतेको निर्णयअनुसार १५ देखि ६० वर्ष उमेर समूहमा ९५.८३ प्रतिशत जनसंख्या साक्षर रहेको तथ्यलाई आधार मानी उपमहानगरपालिकालाई साक्षर स्थानीय तह घोषणा गरिएको घोषणा-पत्रमा उल्लेख गरिएको छ।

नगर प्रमुख बिनोद प्रसाद साह र प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कंडेलले घोषणा-पत्रमार्फत कलैया उपमहानगरपालिकालाई साक्षर स्थानीय तह घोषणा गरिएको सार्वजनिक गरेका हुन्। साक्षर स्थानीय तह घोषणासँगै कलैया उपमहानगरपालिकाले आगामी दिनमा बाँकी निरक्षर जनसंख्यालाई समेत साक्षरताको पहुँचमा ल्याउने तथा प्राप्त उपलब्धिलाई दिगो बनाउनेतर्फ थप पहल गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर