Thursday, September 3, 2026

भोटेकोशी बाढी: उद्धारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

Advertisement
Advertisement Advertisement

बारा, १८ भदौ ।  सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोजी तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाइने जानकारी दिए।

गृह मन्त्रालयको प्रस्तावमा भएको उक्त निर्णयअनुसार खोजी तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत रकम प्रदान गरिने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर