Friday, September 4, 2026

नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर न्यौपाने भन्छन्- सुरुङभित्रबाट मानिसको आवाज सुनियो

Advertisement
Advertisement Advertisement

बारा, १९ भदौ ।  रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

उद्धार कार्यका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएपछि सुरक्षानिकाय तथा उद्धार टोली थप सशक्त रूपमा परिचालन भएका हुन्। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै न्यौपानेले सुरुङभित्र मानिसको आवाज सुनिनु अत्यन्तै आशाजनक संकेत रहेको र नेपाली सेना तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी उद्धारलाई अझ तीव्रता गतिमा अघि बढाइरहेको बताएका छन्।

कठिन भौगोलिक अवस्था र प्राविधिक चुनौतीका बाबजुद उद्धार टोलीले सुरुङभित्र फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर