Monday, September 7, 2026

मधेशवासी समुदाय लक्षित अभिव्यक्ति लेख्ने व्यक्ति पक्राउ

Advertisement
Advertisement Advertisement

काठमाडौं, २१ भदौं। मधेशवासी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने किसिमका अभिव्यक्ति लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा विभिन्न मितिमा मधेशवासी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने किसिमका शब्दहरू लेख्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भदौ २० गते खोटाङको बाराहपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई काठमाडौंको शंखमूलबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका गुरुङविरुद्ध सार्वजनिक शान्तिमा खलल पार्न नहुने सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरबाट भइरहेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर