बारा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी रंगपुर टाँडीबाट खटिएको गस्ती टोलीले अवैध सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
गए राती राति गस्तीमा रहेको प्रहरी टोलीले ४ फिट लम्बाई र ४ फिट मोटाई भएको सालको गोलिया काठ १ थान तथा सो ओसारपसारमा प्रयोग गरिएको एक थान साइकल र १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका व्यक्ति तथा बरामद काठ र साइकललाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि सबैया वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।




