Tuesday, September 8, 2026

बाढी पीडितका लागि नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री कोषमा एक करोड रुपैयाँ सहयोग

Advertisement
Advertisement Advertisement

बारा, २२ भदौ । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्जागरणका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग प्रदान गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

विपद्को यस कठिन घडीमा पीडित परिवारलाई तत्काल राहत सामग्री, आवश्यक स्वास्थ्योपचार र सुरक्षित बासस्थानको प्रबन्ध मिलाउन सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले जानकारी दिए।

रकम हस्तान्तरणका क्रममा महामन्त्री पौडेलले सङ्कटको यस परिस्थितिमा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे। साथै, बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न जोखिमपूर्ण स्थानहरूमा नागरिकहरू फसेको र उद्धार कार्यमा ढिलासुस्ती भएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सुरुङमा अलपत्र परेका नागरिकहरूको उद्धार कार्यलाई तत्काल तीव्रता दिन र भोटेकोशी तथा त्रिशूली आसपासका क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन माग गर्दै उनले राहत वितरण पारदर्शी र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर