Thursday, June 4, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

spot_img

कलैया, ३ साउन। साफ यू-२० महिला च्याम्पियनसिपको खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । बंगलादेशमा जारी यो प्रतियोगिता नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ । डबल राउन्ड रोबिन लिग भइरहेको कारण नेपालले आफ्नो पाँचौं खेलमा दोस्रो पटक भुटानसँग आज खेल्दै छ।

नेपालले प्रतियोगितामा ४ खेलबाट ९ अंक जोडेको छ। नेपाललाई उपाधि जित्नका लागि आज भुटानलाई हराएर सोमबार हुने अन्तिम खेलमा बंगलादेशलाई पनि पराजित गर्नुपर्नेछ ।

यस अघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलअन्तरले पराजि भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले हार ब्यहोरेको थियो। त्यस्तै श्रीलंकालाई तेस्रो र चौथो दुबै खेलमा समान ७-० गोलअन्तर पराजित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर