Sunday, August 2, 2026

अस्ट्रेलिया जाने तयारीमा नेपाली टोली, फिटनेस टेस्ट पूरा

कलैया,२२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा हुन लागेको टप एन्ड टी-२० सिरिजका लागि फिटनेस र फिजिकल टेस्ट सम्पन्न गरेको छ। यो सिरिज अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुँदैछ।

प्रतियोगितामा सहभागी हुने १६ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले पाएका छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी पनि परेका छन्।

नेपालले यो सिरिज अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो। टिमले अस्ट्रेलियामा अनुभव बटुल्दै ठूलो प्रतियोगिताका लागि आफूलाई तयार गर्दैछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर