काठमाडौं, २७ साउन । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजिनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।