Friday, July 31, 2026

नेपाली क्रिकेट टिमलाई यूएईले अझै दिएन भिसा

कलैया, ५ असोज। युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिजका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले सम्म पनि भिसा नपाउदा जाने, नजाने अनिश्चित भैरहेको छ।

यस अघि यूएई जाने नेपाली टिमलाई असोज २ गते नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ कार्यक्रम आयोजना गरी बिदाइ गरेको थियो। सेप्टेम्बर १९ (असोज ३) गते नेपाली टिम यूएई जाने तालिका थियो तर अहिले सम्म पनि भिसा नआएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन। उनका अनुसार क्यानको तर्फबाट प्रक्रिया पुरा भए पनि भिसा हाल सम्म पनि आएको छैन।

तालिका अनुसार नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ‘युनिटी कप’ टी-२० सिरिज खेल्ने तय भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर