Friday, July 31, 2026

अन्तत यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

कलैया, ५ असोज । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिजका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमले भिसा पाएको छ। तालिका अनुसार सेप्टेम्बर १९ (असोज ३) गते नेपाली टिम यूएई जानु पर्ने थियो तर भिसामा ढिलाइ पछि खेलाडीहरु रोकिएका थिए। नेपाली खेलाडीले आज भिसा प्राप्त गरेको क्यानका प्रवक्ता छुम्बी लामाले पुष्टि गरेका छन।

तालिका अनुसार नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ‘युनिटी कप’ टी-२० सिरिज खेल्ने तय भएको छ।

“नेपाल क्रिकेट संघको आयोजनामा सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालन हुने नेपाल र वेस्ट इन्डिजका राष्ट्रिय क्रिकेट टोलीहरुबीचको युनिटी कप टि ट्वान्टी इन्टरनेशनल खेलहरुको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भिसा प्राप्त भइसकेको बेहोरा जानकारी गराइन्छ, साथै नेपाली क्रिकेट टोली असोज ६ गते यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।” क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर