Friday, July 31, 2026

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

कलैया, ११ असोज। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज (शनिबार) खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समय अनुसार आज राती ८ः१५ देखि सुरु हुने छ। नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते र तेस्रो खेल असोज १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो । कप्तान पौडेलले सिरिज जित्ने आफ्नो टोलीको लक्ष्य रहेको स्पष्ट पारेका छन् ।

नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

वेस्ट इन्डिज टोली:
अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर