25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखलाको उपाधि

spot_img
spot_img

कलैया, १३ असोज। वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आज भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेसंगै एक खेल अगावै नेपालले शृंखलाको उपाधि जितेको हो ।

Advertisement

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको हो।

Advertisement

पहिलो खेलमा १९ रनले वेस्ट इन्डिजलाई पराजित गरेको नेपालले आज पनि फराकिलो रनले पराजित गरेको हो। भोलि हुने अन्तिम खेल अगावै नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!