Friday, July 31, 2026

पहिलो खेल नखेलेपछि सन्दीप लामिछाने क्यानको निलम्बनमा परेका थिए

कलैया, १५ असोज। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारवाही गरेको छ । वेस्ट इन्डिजसँगको टी–२० सिरिज अन्तर्गत पहिलो खेल नखेलेपछि क्यानले अन्तिम दुई खेलको लागी निलम्बन गरेको पाइएको छ। खेल सुरु हुनु ४५ मिनेट अघि मात्र नखेल्ने निर्णय लिएका कारण क्यानले उनलाई प्रतियोगिता अवधिभर निलम्बन गरेको हो ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालले उक्त सिरिजमा वेस्ट इन्डिजमाथि २–१ को ऐतिहासिक जित दर्ता गरेको थियो ।

अब ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको क्यानले जनाएको छ। लामिछाने पनि टोलीमा रहेका छन।

May be an image of map and text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर