Thursday, June 4, 2026

विश्वकप छनोटमा आज नेपालले कुवेतसँग खेल्दै

spot_img

कलैया, २२ असोज । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोटको पहिलो खेलमा आज नेपालले कुवेतसँग खेल्दै छ। अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा नेपालसँगै कुवेत र जापान रहेका छन् । आजको खेलपछि नेपालले समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेल शुक्रबार अल अमेरतमै हुने खेलतालिका छ ।

विश्वकप छनोट खेल हुनु अघि नेपालले ओमानमै दुई अभ्यास खेल खेलेको थियो। पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो अभ्यास खेल्मा कतारलाई १६ रनले पराजित गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर