कलैया, २४ असोज । मलेसियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’मा राष्ट्रिय महिला टोलीका ६ खेलाडी सहभागी हुने भएका छन् ।
उक्त च्याम्पियनसिपमा सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवर सहभागि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।
आगामी कात्तिक १ देखि ११ गतेसम्म च्याम्पियनसिप सञ्चालन हुने छ ।