कलैया, २४ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो खेलमा जापानबाट नेपालले १३२ रनको लक्ष्य पाएको छ ।
टस जितेर नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो।