Friday, July 31, 2026

टी-२० विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दै

कलैया, २६ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दै छ। खेल नेपाली समयअनुसार आज बेलुका ४ः१५ बजे ओमानको अल अमिरेत क्रिकेट रंगशालामा सुरु हुनेछ ।

प्रतियोगितामा समुह ‘बी’मा रहेको नेपाल समुह चरणको दुईवटै खेल जितेर सुपर–६ मा पुगेको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानलाई ५ विकेटको पराजित गरेको थियो ।

समूह ‘ए’मा रहेको यूएईले समेत समुह चरणका दुई वटै खेल जितेर सुपर–६ मा पुगेको हो । नेपालले सुपर–६ यूएईसँगै कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर