कलैया, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को तेस्रो खेलमा आज नेपालले घरेलु टिम ओमानसँग खेल्दै छ ।
आज नेपाल जितसहित तेस्रोपटक विश्वकप खेल्न लक्ष्यमा हुनेछ । नेपाली समयअनुसार राति ८:४५ बजेदेखि खेल सुरु हुनेछ ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रन र कतारविरुद्ध ५ रनले विजयी भएको थियो ।