कलैया, १३ कात्तिक। बारामा टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको भएको छ। परवानीपुर गाउँपालिका वडा नम्बर २ मुसहरी स्थित रामपुर टोकनीबाट लिपनी तर्फ जादै गरेको ना १ ज ७३७३ नम्बरको टाटा सुमोको ठक्कर बाट गए राती पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा परवानीपुर गाउँपालिका वडा नं. २ का ६५ वर्षीय गौरी शंकर साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। टाटा सुमो बिजुलिको पोलमा समेत ठोकिदा पोल भाचिएको हो।
प्रहरीले सुमो चालक प्रसौनी गाउँपालिका वडा नम्बर ७ बलुवाका २२ वर्षीय राजन साह कानुलाई नियन्त्रणमा लिइएको छ । उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ।
शवलाई पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

















