Saturday, August 1, 2026

‘सुदन गुरुङले सिमरा स्थित जलेको घरमा पुगेर फेरी जलाउने धम्की दिए’ : किसान श्रेष्ठ

कलैया, ०६ मंसिर। पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेश गरी धम्कीपूर्ण व्यवहार गरेको प्रति आपत्ति जनाएका छन् ।

जेनजीको नेता भएको दाबी गर्दै आए्का गुरुङले भदौ २४ गते जलाईएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरी जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले उल्लेख गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन।

श्रेष्ठले लेखेका छन्, “म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज ६ गते मेरो जितपुर सिमरा -४ औराहामा रहेको मेरो घरमा जेन जी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदार लाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु ।”

एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । श्रेष्ठले मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर