Friday, June 5, 2026

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

spot_img

कलैया, ०३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन । केहिबेर अघि सम्पन्न मतगणनामा अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

यस्तै उनका प्रतिष्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन । महाधिवेशनमा कुल २२६३ मतदाता रहेकामा २२२७ मत खसेको थियो ।

अध्यक्ष (१ पद)

केपी शर्मा ओली : १६६३ मत (विजयी)
ईश्वर पोखरेल : ५६४ मत

उपाध्यक्ष (५ पद)

पृथ्वी सुब्बा गुरुङ : १७३७ मत (विजयी)
विष्णु प्रसाद पौडेल : १६७५ मत (विजयी)
रामबहादुर थापा ‘बादल’ : १५१६ मत (विजयी)
गोकर्ण राज विष्ट : १३६८ मत (विजयी)
रघुजी पन्त : १२५८ मत (विजयी)

महासचिव (१ पद)

शंकर पोखरेल : १२२८ मत (विजयी)
सुरेन्द्र प्रसाद पाण्डे : ९९९ मत

उपमहासचिव (३ पद)

लेखराज भट्ट : १४५२ मत (विजयी)
रघुवीर महासेठ : १३६८ मत (विजयी)
योगेश भट्टराई : १३४८ मत (विजयी)

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर