Friday, July 31, 2026

प्रधानमन्त्री कप प्रादेशिक छनोटका लागि जिल्ला क्रिकेट संघ बाराद्वारा खेलाडी दर्ता आह्वान

कलैया, २२ पुस। प्रधानमन्त्री कप पुरुष प्रादेशिक छनोट प्रतियोगिता–२०८२ का लागि बारा जिल्ला क्रिकेट टोली छनोट प्रक्रिया सुरु गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को पत्रअनुसार उक्त प्रतियोगिताका लागि बारा जिल्लाबाट सहभागी हुने खेलाडी छनोट गर्न खेलाडी दर्ता आह्वान गरिएको जिल्ला क्रिकेट संघ बाराले सूचना जारी गर्दै जनाएको छ। इच्छुक खेलाडीहरूले संलग्न गरिएको फारम तोकिएको स्थानमा दर्ता गराउनुपर्ने क्रिकेट संघ बाराले जनाएको छ।

दर्ता फारमसँगै खेलाडीले आफ्नो नागरिकता, पासपोर्ट वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने क्रिकेट संघ बाराले जारी गरेको सूचनामा उल्लेख छ । खेलाडी दर्ता गराउने अन्तिम म्याद पुस २७ गते बेलुका ३ बजेसम्म तोकिएको छ।

दर्ता शुल्क रु २ सय निर्धारण गरिएको छ। यस्तै, १५ वर्ष मुनिका खेलाडीलाई छनोट प्रक्रियामा सहभागी गराइने छैन भन्ने स्पष्ट गरिएको छ। दर्ता फारम म. सबिर (लक्की टेन्ट हाउस)मा बुझाउनु पर्ने क्रिकेट संघ बाराले जनाएको छ। थप जानकारीका लागि ९८४५०५८८२९ र ९८०९२९३०८६ नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको हो ।

May be an image of text that says 'Form No.: DISTRICT CRICKET ASSOCIATION OF BARA बारा जिल्ला क्रिकेट संघ PLAYER' S DETAIL: Deate............... Date birth: Contact Number...... Residence :Temporary: PARENT'S DETAIL: Father'sName: r'sName: Mother' sName: Mobile No.: .................. ......Mobile ........ PLAYING DETAIL: Batter SSOC Bowler OF BA All-rounder Wicket Keeper Right Handed Batter Medium Pacer Left Handed Batter Spinner 051 - Right Hand Bowler Left Hand bowler Off Spinner - Leg Spinner PREVIOUSLY PLAYED GAMES DETAIL, IF ANY: Player's Signature: ........*'

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर