कलैया, ०४ माघ। आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो। नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।



