Friday, July 31, 2026

प्याब्सनको २८औँ स्थापना दिवसमा आयोजित टि–२० क्रिकेटको उपाधि ग्यालेक्सीले जित्यो

कलैया, १४ माघ। नेसनल प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुल कलैयाले उचालेको छ। आज सम्पन्न फाइनल खेलमा ग्यालेक्सीले डिभाइन बोर्डिङ स्कुललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो।

श्री चटिया बाबा रंगशाला प्रसौनीमा सम्पन्न फाइनल खेलमा पहिले ब्याटिङ गरेको डिभाइन बोर्डिङ स्कुल १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६१ रनमै समेटिएको थियो।

६२ रनको सामान्य लक्ष्य पछ्याएको ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलले ४ ओभर १ बलमै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्‍यो। ग्यालेक्सीका ओपनर ब्याट्सम्यानहरूले आक्रामक र संयमित ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई उपाधिसम्म पुर्‍याएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर