Friday, July 31, 2026

टी-२० विश्वकप : जित्नै पर्ने दबाबबीच वेस्ट इन्डिजसँग भिड्दै नेपाल

कलैया, ०३ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निकै महत्वपूर्ण खेलमा आज नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपालका लागि यो खेल केवल प्रतिस्पर्धा मात्र नभई विश्वकपमा जित्नै पर्ने दबाब बनेको छ। अघिल्ला दुई खेलमा व्यहोरेको हारले नेपालको सुपर ८ पुग्ने सम्भावना झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ । 

प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भएर क्रिकेट जगतलाई नै चकित पारेको नेपालले दोस्रो खेलमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। इटालीसँगको अप्रत्याशित हारले नेपाली समर्थकलाई स्तब्ध बनाएको थियो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली आज उक्त गल्ती सुधार्दै मैदानमा उत्रने दाउमा छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर