Friday, July 31, 2026

आइसिसी टी-२० विश्वकप २०२६ : नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै

कलैया, ०५ फागुन । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ। लगातार तीन खेलमा हार व्यहोर्दै प्रतियोगिताको सुपर ८ बाट बाहिरिसकेको नेपालले आज सान्त्वना जितका लागि स्कटल्याण्डको सामना गर्न लागेको हो।

भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा हुने यो खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे सुरु हुनेछ।

यस विश्वकपमा नेपालको सुरुवात निकै आशालाग्दो देखिए पनि नतिजा भने सुखद रहेन। पहिलो खेलमा बलियो टोली इंग्ल्याण्डलाई कडा चुनौती दिएको नेपाल मात्र ४ रनले पराजित भएको थियो।

यस्तै दोस्रो खेलममा लय गुमाएको नेपाल इटालीसँग अप्रत्याशित रूपमा १० विकेटको भारी अन्तरले पराजित हुन पुग्यो। तेस्रो खेलमा वेस्ट इण्डिजविरुद्ध पनि नेपालले पुनरागमन गर्न सकेन र ८ विकेटको हार व्यहोर्नुपर्यो।

नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर