Friday, July 31, 2026

अरनिको यादवको अलराउण्ड पारीको सहयोगमा मधेशको पहिलो जित

कलैया, ११ चैत। अरनिको यादवको अलराउण्ड पारीको सहयोगमा प्रधानमन्त्री कप (पिएम कप) मा मधेश प्रदेशले पहिलो जित निकालेको छ। वीरगन्जमा आज भएको खेलमा मधेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो।

जितको लागि सुदुरपश्चिमबाट १ सय ६१ रनको सामान्य लक्ष्य पाएको मधेशले ३८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। मधेशका लागि ओपनर मयन यादव र कप्तान अनिल शाह समान १३ रन जोडेर आउट हुँदा हिंमान्सु दत्त शुन्यमा आउट भए।

पवन सर्राफले २१ रन जोडे भने पाँचौं विकेटको लागि अरनिको यादव र मोहम्मद आदिल अलामले ५३ रनको साझेदारी गरे। आदिलले ३० बलमा २ चौका र २ छक्का सहित ३४ रन जोडे र अरनिकोले अविजित ४६ रन बनाउँदै मधेशलाई जित दिलाए। रूपेश सिंह अविजित १६ रनमा बनाए।

सुदूरपश्चिमका अशोक धामीले ७ ओभरमा १ मेडन सहित २६ रन दिएर ३ र शेर मल्लले भने २ विकेट लिए। टस जितेर मधेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा संघर्ष गर्दै १ सय ६० रन बनाएको थियो।

खराब सुरूवात गरेको सुदूरपश्चिमको इनिङ्सलाई कुनैपनि खेलाडीले सम्हाल्न सकेनन्। ५९ रन जोड्दा ३ विकेट गुमाउने क्रममा ओपनर राजु रिजाल ९ रनमा, खड्ग बोहरा ७ रनमा र अर्का ओपनर अभिषेक पाल ३३ रनमा आउट भए। अभिषेक नै टोलीका लागि ४५ बल खेलेर ५ चौका सहित सर्वाधिक ३३ रन जोडे।

त्यसपछि निरन्तर अन्तरालमा विकेट झरि नै रह्यो। किरण ठगुन्ना र नारायण जोशीले समान २३ तथा अशोक धामी अविजित १९ रनमा रहे। ४ खेलाडी बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा अरनिको यादवले ७ ओभर २ बलमा २ मेडन सहित २५ रन दिएर ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट झारे। उक्त खेलको प्लेयर अफ दि म्याच अरनिको यादव भए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर