Friday, July 31, 2026

लिग २ सिरिज अघि नेपालले यूएईसँग दुई टी-२० आई खेल्ने

बारा, २७ चैत । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीस्वरूप नेपाल र यूएईबीच दुई खेलको टी–२०आई शृंखला हुने घोषणा गरेको छ।

आगामी अप्रिल २५ देखि नेपाल, ओमान र यूएईबीच हुने लिग २ को त्रिकोणात्मक शृंखलाअघि यी दुई टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्ने भएका हुन्। क्यानका अनुसार यी दुई टी–२०आई खेलहरू अप्रिल २० र २१ मा आयोजना हुनेछन्।

एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ का रूपमा चिनिने नेपाल र यूएईबीचको यो भिडन्त निकै प्रतिक्षित रहने देखिन्छ। यी दुई टोलीले पछिल्लो पटक टी–२० विश्वकप छनोटका क्रममा एकअर्काको सामना गरेका थिए।

लिग २ को पहिलो शृंखला सकिएलगत्तै नेपालमा अर्को महत्त्वपूर्ण प्रतियोगिता पनि हुनेछ । मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला सञ्चालन हुने तालिका रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर