बारा, २९ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी खेलभावनाविपरीत अभिव्यक्ति दिएको आरोपमा नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन्।
केसीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत “कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ?” भन्दै प्रश्नसहितको विवादास्पद स्टाटस राखेका थिए।
यद्यपि, उनले उक्त स्टाटस राखेको केही समयमै हटाएर आफ्नो गल्ती स्वीकार गर्दै माफी मागिसकेका थिए, तर क्यानले यसलाई अनुशासनको गम्भीर उल्लंघन मान्दै कारबाही गर्ने निर्णय गरेको हो। संघले करणलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना तिराउने निर्णय गरेको हो ।



