Friday, July 31, 2026

आइसिसी विश्वकप लिग-२: नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य 

बारा, १२ वैशाख । आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । नेपालले ४८ ओभर २ बलमा सबै विकेटको क्षतिमा २०० रन बनाउन सफल भयो ।

नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

नेपालको टोलीमा कुशल भुर्तेल, महमद आसिफ शेख (विकेटकिपर), भीम शार्की, कप्तान रोहितकुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदेब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मुहम्मद वसिम, सोहेल खान, खुझाइमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर