Thursday, July 30, 2026

आईसीसी विश्वकप लिग–२: यूएईमाथि नेपालको जित

बारा, १२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको घरेलु सिरिजको उद्घाटन खेलमा नेपालले युएईमाथि ३७ रनको जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल तयार पारेको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९० बलमा सर्वाधिक ७५ रनको महत्त्वपूर्ण इनिङ खेले भने ओपनर कुशल भुर्तेलले २४ र करण केसीले २२ रन जोडे। बलिङतर्फ युएईका अजय कुमार र जुनेक सिद्दिकीले ३–३ विकेट लिएका थिए।

२०१ रनको मध्यम लक्ष्य पछ्याएको युएई नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन र ४८ ओभर २ बलमा मात्र १६३ रनमा समेटियो। युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ र कप्तान मोहम्मद वासिमले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका लागि करण केसीले ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअपलाई ध्वस्त पारे भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि १–१ विकेट लिएर नेपालको जित सुनिश्चित गरे। अब नेपालले आफ्नो दोस्रो खेल आगामी बुधबार ओमनसँग खेल्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर