Thursday, July 30, 2026

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

बारा, १६ वैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा ओमानले नेपालसामु ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पार्यो।

ओमानका लागि कप्तान जतिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै १३० रनको शतकीय इनिङ्स खेले। उनले मात्र ७३ बलमा शतक पूरा गरेका थिए ।

आजको खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर गुल्सन झालाई प्लेइङ ११ मा समावेश गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर