बारा, २१ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलका लागि टिकटको मूल्य घटाएको छ ।
क्यानले सोमबार एक सूचना जारी गर्दै भोलि मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलका लागि प्रतिटिकट २०० रुपैयाँ मात्र कायम गरिएको जानकारी दिएको हो ।
यसअघि टिकटको मूल्य ४०० रुपैयाँ तोकिएको थियो । लिग–२ मा हालसम्म २३ खेल खेलेको नेपाल १६ अंकका साथ सातौँ स्थानमा रहेको छ । यसका साथै, क्यानले आगामी मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको अर्को शृंखलाका लागि पनि टिकटको मूल्य प्रतिव्यक्ति २०० रुपैयाँ नै निर्धारण गरेको छ ।
समर्थकहरूको उपस्थिति बढाउन र घरेलु टोलीलाई हौसला प्रदान गर्न क्यानले यो निर्णय गरेको बुझिएको छ ।



