Monday, July 27, 2026

आईसीसी विश्वकप लिग २: नेपालले आज नामिबियासँग खेल्दै

बारा, ११ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। जारी शृङ्खलामा नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो। यसअघिका दुवै खेलमा हार बेहोरेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा आयोजक नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

अंकतालिकामा हाल नेपाल र नामिबिया दुवैको ३०-३० खेलबाट समान २४-चौबीस अंक रहेको छ। तर, राम्रो नेट रन रेटका आधारमा नेपाल पाँचौं स्थानमा छ भने नामिबिया सातौं स्थानमा छ। अर्कोतर्फ, नेपाल र नामिबिया दुवैलाई हराइसकेको नेदरल्यान्ड्स भने ३० खेलबाट ३६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा मजबुत बनेको छ। लिग २ को शीर्ष ४ मा पर्नका लागि संघर्ष गरिरहेको नेपाललाई अबका बाँकी सबै खेल जित्नै पर्ने स्थितिमा रहेका छन्। शीर्ष ४ मा पर्न सके नेपालले सिधै ओडीआई विश्वकप छनोट खेल्न पाउनेछ भने शीर्ष ६ मा पर्न सके ओडीआई मान्यता जोगिनेछ।

नेपाली टोलीका लागि तीव्र बलर नन्दन यादव घाइते हुनु अर्को ठूलो धक्का बनेको छ। पहिलो खेलका दौरान ह्यामस्ट्रिङको चोट बोकेका नन्दन अब बाँकी शृङ्खलाका लागि उपलब्ध हुने छैनन्। उनको स्थानमा युवा बलर हेमन्त धामीले टोलीमा अवसर पाउने सम्भावना छ।

नेपालको टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर