Saturday, September 19, 2026

गरिमा चौधरी हत्या प्रकरण: चार दिनपछि पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

Advertisement
Advertisement

बारा, ०६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा विगत चार दिनदेखि ठप्प रहेको पूर्व–पश्चिम राजमार्ग शनिवार रातिदेखि सवारीसाधन सञ्चालनमा आएका छन्।

बालिकालाई न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासी तथा पीडित पक्षले सडकमै टेन्ट टाँगेर मुख्य राजमार्ग अवरुद्ध पारेका थिए। पीडित बालिकाका आमाबुवा गृहमन्त्रीसँग वार्ताका लागि काठमाडौँ लगिएको छ।

अहिले गृह मन्त्रालयमा गृहमन्त्री र पीडित परिवारबीच छलफल जारी रहेको छ। उता छलफल जारी रहदा प्रहरीले प्रदर्शनकारी लाई मौखिक सहमति मै मुख्य सडकबाट हटाएको छ। चार दिनसम्म सडक पूर्ण रूपमा बन्द हुँदा पूर्व–पश्चिम ओहोरदोहोर गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका थिए।

शनिवार राति राजमार्ग खुलेपछि लामो समयदेखि रोकिएका मालवाहक ट्रक, ग्यास बुलेट ट्यांकर र यात्रुवाहक बसहरू आ-आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्।

सडक सुचारु भएपछि स्थानीय प्रशासनले यातायात व्यवस्थालाई सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सवारी आवागमन व्यवस्थापन गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर