Saturday, September 19, 2026

काठमाडौँमा वार्ता चल्दै, सिमराको सडकमा धर्ना जारी

Advertisement
Advertisement

बारा, ०६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको  बलात्कारपछि भएको हत्या प्रकरणलाई लिएर गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, कृषिमन्त्री गीता चौधरी सहितका ५ मन्त्री, ५ सांसद र मृतक बालिकाका आमाबुबा मनोज चौधरी र मनमती चौधरीबीच वार्ता जारी छ।

काठमाडौँमा न्यायका लागि छलफल चलिरहँदा बाराको सिमरास्थित सडकमा भने अहिले राति पीडितका आफन्त, छिमेकी र स्थानीयवासीहरूले धर्ना र प्रदर्शनलाई निरन्तरता दिएका छन्।

पीडित परिवारका सदस्यहरू र स्थानीय समुदायका मानिसहरू सडकमै बसेर “हामीलाई न्याय चाहियो”, “अपराधीलाई कडा कारबाही होस्” र “गृह मन्त्रालयको वार्ता सफल होस्” भन्दै खबरदारी गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर