Saturday, September 19, 2026

बेपत्ता भएकी २ वर्षीया बालिका भेटिइन्, सकुशल उद्धारपछि अभिभावकको जिम्मा

Advertisement
Advertisement

बारा, ०७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्सा निवासी मुकेश मण्डलकी २ वर्षीया छोरी बिन्दी मण्डल सकुशल फेला परेकी छन्।

शनिबार साँझ घरैबाट बेपत्ता भएकी बालिकालाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्।

बालिकालाई नालाबाट तत्काल उद्धार गरी आफ्नै घरमा लगी हेरचाह गरेपछि प्रहरीको समन्वयमा सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

शनिबार साँझ बालिका हराएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा सुरक्षा निकायको टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो।

तालिमप्राप्त कुकुरसहित परिचालन गरिएको प्रहरी टोलीले सर्च अपरेशन गरेको थियो । खोजी कार्यमा नेपाल प्रहरीले सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहयोग लिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर