Saturday, September 19, 2026

बारा लगायतका जिल्लाबाट काठमाडौं पुगेका लघुवित्त ऋणीहरु सरकार संग सहमतिपछि घर फर्किए

Advertisement
Advertisement

बारा, ०७ भदौ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर लामो समयदेखि धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै उनीहरूले धर्ना तथा आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका हुन्।

सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई आ-आफ्नो गन्तव्यतर्फ पठाउन सुरु गरेको थियो।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई साझा यातायातमार्फत सुरक्षित रूपमा उनीहरूको क्षेत्रतर्फ पठाइएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर