Saturday, September 19, 2026

सरकार र पीडित पक्षबीच सहमतिपछि पथलैया-वीरगन्ज सडकखण्ड पूर्ण रूपमा सुचारु

Advertisement
Advertisement

बारा, ०७ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या प्रकरणलाई लिएर गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति भएसँगै विगत चार दिनदेखि ठप्प रहेको पथलैया-वीरगन्ज सडकखण्ड पूर्ण रूपमा सुचारु भएको छ।

गत बुधबार बिहान ११ बजेदेखि आन्दोलित स्थानीय र पीडित पक्षले राजमार्ग अवरुद्ध पारेका थिए। शनिवार राति गृह मन्त्रालयमा मन्त्रीहरूसँगको उच्चस्तरीय वार्तामा ‘गरिमा न्याय संकल्प समिति’ गठन लगायतका ३ बुँदे प्रतिबद्धता-पत्रमा हस्ताक्षर भएपछि सडकको धर्ना र विरोध कार्यक्रम फिर्ता लिइएको हो।

सडक खुलेसँगै लामो समयदेखि सिमरा तथा पथलैया क्षेत्रमा रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्।

रोकिएका मालवाहक ट्रक, इन्धनका ट्यांकर तथा यात्रुवाहक बसहरूको आवतजावत पुनः सुरु भएपछि सो सडकखण्डको यातायात व्यवस्था सामान्य बन्दै गएको छ। सहमति बनेपछि पीडित परिवारले पनि आफ्ना रीति तथा परम्परा अनुसार बालिकाको अन्त्येष्टि कार्य अघि बढाउने भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर