Sunday, September 20, 2026

अस्पतालको ओसीएमसी कक्षभित्रबाट आरोपित बालकको भिडियो सार्वजनिक

Advertisement
Advertisement

बारा, ०८ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको संवेदनशील प्रकरणमा पक्राउ परेका मुख्य आरोपित १६ वर्षीय बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धानको गोपनीयता र मर्यादामाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ।

प्रादेशिक अस्पताल कलैयास्थित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा स्वास्थ्य जाँच र परामर्शका क्रममा खिचिएको सो गोप्य भिडियो आइतबार रातीदेखि सामाजिक सञ्जालमा छरपस्ट भएको हो। प्रहरी नियन्त्रणमा रहेका र हतकडी लगाइएका नाबालिग आरोपितले भिडियोमा घटनामा आफ्नो मात्र नभई प्रदीप खड्का भनिने अर्का व्यक्तिको समेत संलग्नता रहेको बयान दिएको सुनिन्छ ।

अत्यन्त संवेदनशील मानिने ओसीएमसी कक्षमा प्रहरी र स्वास्थ्यकर्मी बाहेक अन्य सर्वसाधारणको प्रवेश निषेध हुने भएकाले त्यहाँ कार्यरत कर्मचारी वा सुरक्षामा खटिएका प्रहरीबाटै भिडियो खिचिएर बाहिरिएको आशङ्का गरिएको छ।

भिडियो सार्वजनिक भएसँगै कलैया अस्पतालमा छानबिनका लागि आकस्मिक बैठक बोलाइएको छ । यता बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले स्वास्थ्य जाँचका क्रममा खिचिएको भिडियो बाहिरिएको पुष्टि गर्दै यसलाई कसले र के उद्देश्यले भाइरल बनायो भन्नेबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर