Saturday, September 19, 2026

आरोपितको भिडियो बाहिरिएको घटनामा एक प्रहरी पक्राउ

Advertisement
Advertisement

बारा, ०८ भदौ । बाराको सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको घटना आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो।

अस्पतालको ओसीएमसी कक्षमा अनुसन्धानका क्रममा लिइएको संवेदनशील बयानको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको थियो। आफ्नै कर्मचारीको संलग्नता भेटिएपछि प्रहरीले हवल्दार विकमाथि आन्तरिक छानबिन र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर