बारा,०९ भदौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख २२ हजार दुई सय कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु पाँच सयले घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार सात सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रु ६५ ले घटेर रु चार हजार नौ सय कायम भएको महासङ्घले जनाएको छ। सोमबार चाँदी प्रतितोला रु चार हजार नौ सय ६५ मा कारोबार भएको थियो।




