Saturday, September 19, 2026

दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ

Advertisement
Advertisement

बारा, ०९ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा २ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा प्रहरीले एक २५ वर्षीया महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, शम्भुनाथ नगरपालिका वडा नं. ०२ कन्कपट्टी घर भई हाल वडा नं. ०३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी २ वर्षीया छोरीको हत्या भएको हो। बालिकालाई कर्तव्य गरी मारी घर पछाडि रहेको झाडीमा फ्याँकिएको अवस्थामा फेला पारिएको थियो।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही स्थान बस्ने मो. अवास अंसारीकी छोरी तथा मो. इरफानकी कान्छी श्रीमती २५ वर्षीया ‘मुस्कान’ भन्ने जास्मिन खातुनलाई पक्राउ गरेको छ। पक्राउ परेकी प्रतिवादीले सोधपुछका क्रममा बालिकाको हत्या आफैंले गरेको स्वीकार गरेकी छन्।

मृतककी आमा रुबिना खातुनले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ। सप्तरी जिल्ला अदालतबाट २०८३ साउन ०७ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर