Saturday, September 19, 2026

भिडियो सार्वजनिक प्रकरण: प्रहरी हवल्दारमाथि फौजदारी कसुर, थप चार प्रहरीमाथि छानबिन

Advertisement
Advertisement

बारा, ०९ भदौ । बाराको सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्याका अभियुक्त किशोरको भिडियो सामाजिक सञ्जालमा बाहिर ल्याएको घटनामा संलग्न थप चार प्रहरी अधिकारीमाथि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ।

मुख्य कसुरदार मानिएका प्रहरी हवल्दार कुमार विकलाई भने फौजदारी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। हवल्दार विकले अनुसन्धानका क्रममा कलैया अस्पतालको ओसीएमसी कक्षमा खिचिएको सो गोप्य भिडियो जापानमा रहेका आफ्ना साथीलाई पठाएको खुलेको छ।

छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार अन्य चार प्रहरीको भूमिकाबारे अनुसन्धान भइरहेकाले हाल उनीहरूको नाम र दर्जा गोप्य राखिएको छ।

यसैबीच, साउन ३१ गते घरबाट हराएकी ती बालिकाको बलात्कारपछि विभत्स हत्या गरिएको अवस्थामा भदौ २ गते साँझ शव फेला परेको थियो। घटनालाई लिएर व्यापक आन्दोलन चर्किएपछि गृहमन्त्रालयमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति भएको थियो।

सहमतिपश्चात् आइतबार धार्मिक तथा सामाजिक परम्परा अनुसार कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोला किनारमा बालिकाको दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर