Saturday, September 19, 2026

रसुवागढी बाढीबारे गृहमन्त्री गुरुङले संसदमा जानकारी दिने, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर स्थगित

Advertisement
Advertisement

बारा, १० भदौ । रसुवागढी क्षेत्रमा गएको भीषण बाढी र त्यसले पुर्‍याएको क्षतिबारे गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने भएका छन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले बाढीको वस्तुस्थिति, सरकारले सुरु गरेको उद्धार तथा राहत कार्य र हालसम्मको क्षतिबारे सदनलाई अवगत गराउने कार्यक्रम रहेको छ।

रसुवामा गएको विपद्को गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै संसद् बैठक छोटो समयका लागि सञ्चालन गर्न लागिएको छ। यसैबीच, सोही बैठकमा पूर्वतालिकानुसार तय भएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची रहे तापनि विपद्को आपत्कालीन अवस्थाका कारण हाललाई अघि नबढाइने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर